सात बर्षका बालक सहित थप ३ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २४९ पुग्यो

काठमाडौँ, १ जेठ । सात बर्षका बालक सहित थप तीन जनामा कोरोना भाइरस (कोभिड- १९)को संक्रमण देखा परेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा काठमाडौँ दहचोक निवासी ७ बर्षका पुरुष, जनकपुर धनुषा निवासी १७ बर्षकी महिला र धादिङ निवासी ३० बर्षीया महिला छन् ।

यो संगै कुल संक्रमितको संख्या २४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्वक्ता डा समिरकुमार अधिकारीले संक्रमित तिनै जनाको अवस्था सामान्य भएको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *