उदयपुरमा संक्रमित ६ भारतीय कोरोनामुक्त, आज डिस्चार्ज हुने

220
Shares
डिस्चार्ज गर्ने बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन तस्बीर : मनोज दाहाल, रासस

विराटनगर २४ बैशाख । कोशी अस्पताल (कोभिड– १९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ३१ जना कोरोना संक्रमितमध्ये छ जनाको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु आज डिस्चार्ज हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले बताए ।

यसअघि प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मंगलबार बेलुका पत्रकार सम्मेलन गरी छ जनालाई बुधबार बिहान डिस्चार्ज गरिने जानकारी दिएका थिए । गत वैशाख ५ र ६ गते उदयपुरको भुल्केबाट ल्याइएका १३ सङ्क्रमितमध्ये छ जनाको पछिल्लो तीन चरणको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । आज डिस्चार्ज गरिने सबै भारतीय नागरिकहरु हुन् ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सङ्गीता मिश्राले जानकारी दिइन । डिस्चार्ज पछि उनीहरु सबैलाई विराटनगर रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा एक हप्ता राखिने भएको छ । त्यहाँ १० वटा वेड रुम र १० वटा शौचालय भएको क्वारेन्टाइन तयार गरिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *