अनि पक्कै भुल्नेछौं हामीले आजका दिनहरु !

आशा गरौं,अब केही दिन त हो
अनि भुल्नेछौं हामीले आजका दिनहरु
जसरी भुलेका थियौं हामीले
छिमेकीको नाकाबन्दी र महाभुकम्पका चोटहरु !
भोक,प्यास र निन्द्रा नभनी खटिएकाछन्
सुरक्षाकर्मी अनि स्वास्थ्यकर्मी हरु
नेपाल आमाको रक्षा गर्दैछन्
बचाउछन्, बचाउदैंछन् नेपाली जनताहरु !!
मास्क लगाऔं, साबुनपानीले हात धोऔं
मनोबल उच्च राखौं आफ्नो,
अनि घट्दै जानेछ संक्रमण
पक्कै खुल्नेछन् दैनिकी अनि सडकहरु !!!
भिडभाडमा नजाऔं, सामाजिक दुरि कायम गरौं
घर भित्रै बसौं, कोरोना भाइरस कमजोर पारौं
सामान्य हुनेछ एकदिन विश्वकै अवस्था
अनि पक्कै भुल्नेछौं हामीले आजका दिनहरु !!!!
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



