जन्मथलोमा मुटु शिविर लिएर पुगे डा. भगवान कोइराला

8.8k
Shares

dr bhagawanपाल्पा – मनमोहन कार्डियो सेन्टरका शल्यक्रिया विभागका प्रमुख तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालासँग आफ्नो जन्मथलोमा दर्लमडाँडामा मुटुरोग शिविर लिएर पुगेका छन् ।

देशमै नाम चलेका डा. कोइरालासंग गाँउमै उपचार गराउन पाँउदा स्थानीयबासिन्दा खुशी भएका छन् । डा. कोइरालाको नेतृत्वमा २० जनाको चिकित्सक टोली दर्लमडाँडा गाविसस्थित दर्लम उच्च माविमा परिषरमा मुटुरोगको परीक्षण गरेका छन् ।

मुटुको उपचारका लागि सधैँ काठमाडौँ जानुपर्ने जानुपर्ने बाध्यतामा रहेका मुटुरोगीले ग्रामीण क्षेत्रमा नै मुटुसम्बन्धी परीक्षण गराउने मौका पाएकोमा बिरामी निकै खुसी देखिएका हुन । बिरामीलाई शिविरमा स्वास्थ्य परीक्षणका साथै औषधि, इको र एसीजी सुविधाको निःशुल्क व्यवस्था गरिएको छ ।

खानीछाप–१ की मायादेवी अर्यालले पहिलो पटक डा. भगवान कोइरालालाई भेटेर औषधि गर्न पाउँदा आफूलाई आधा रोग नै निको भएको महसुस गरेको बताइन् ।

दर्लमडाँडा गाविस, जिल्ला स्वास्थ्य कार्यालय, दर्लमडाँडा स्वास्थ्य चौकीको आयोजना र लुम्बिनी मेडिकल कलेज, मनमोहन कार्डियो सेन्टरको प्राविधिक सहयोग, त्रिभुवन विश्वविद्यालय, दर्लमडाँडा उमाविको सहयोगमा सञ्चालित शिविरमा ५०१ भन्दा बढीले स्वास्थ्य सम्बन्धी स्वास्थ्य परीक्षण गरेको स्थानीय बासिन्दा तथा प्रचार संयोजक भगवान भण्डारीले बताए ।

डा. कोइरालले मुटु तथा अन्य गम्भीर प्रकृतिका नौजना बिरामीलाई निःशुल्क औषधि उपचारका लागि काठमाडौँ रिफर गरेका छन् । बिरामीलाई उपचारका लागि रु एक करोड भन्दा बढी खर्च हुने भए पनि उपचार निशुल्क गर्ने तयारी भएको प्रचार संयोजक भण्डारीले बताए ।

शिविरमा पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जाका महिला, बालबालिका तथा वृद्ध स्वास्थ्य परीक्षण गराएका छन् । डा कोइरालाले बिरामी तथा महिला, तथा वृद्धलाई सन्तुलित आहारा नियमित रुपमा सेवन गर्नुपर्ने र आराम समेत गर्न सल्लाह दिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *