कोरोना भाइरसको संक्रमणमा परे बेलायती प्रधानमन्त्री बोरिस जोन्सन
एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण भएको छ । प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका हुन् ।
उनले अहिले आफूले सामान्य लक्षणमात्र देखिएको बताएका छन्।
‘म केही दिन डाउनिङ स्ट्रिटमा सेल्फ क्वारेन्टिनमा बस्नेछु र भिडिओ कन्फरेन्सबाट यो भाइरसविरूद्धको लडाइँमा सहभागी हुनेछ,’ जोन्सनले भनेका छन्।
यसअघि महारानी एलिजावेथका उत्तराधिकारी युवराज चार्ल्सलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
बेलायतमा अहिलेसम्म ११ हजार ६ सय ५८ जनामा कोरोना भाइरस देखिएको छ भने ५ सय ७८ जनाले ज्यान गुमाएका छन्।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



