युनिभर्सल मेडिकल कलेज घटनाको विषय डाक्टरहरुले गराए मुख्यमन्त्रीको ध्यानाकर्षण
वुटवल ५ चैत । भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा गत सोमबार भएको कुटपिट घटनाको बारेमा चिकित्सकहरुले प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलको ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले आफ्नो पेशागत सुरक्षा र भविस्यमा हुनसक्ने यस्ता घटनालाई निरुत्साहित गर्न तत्काल जेल वीथ आउट बेल सम्वन्धी कानून ल्याउन आग्रह गरेका छन् ।
सोमबार बुधबार मुख्य मन्त्रीको ध्यानाकर्षण गराउन राष्ट्रिय चिकित्सक संघका केन्द्रीय सदस्यहरु डा प्रशान्त आचार्य, डा रमेश भट्टराई, डा सागर पौडेल, डा सम्राट पराजुली तथा नेपाल चिकित्सक संघ लुम्बिनी शाखाका अध्यक्ष डा इन्द्र ढकाल र महासचिव सन्तोष पोखरेल सहित विद्यार्थी टोली पुगेको थियो ।
चिकित्सकको गुनासो सुनेपछि मुख्यमन्त्रीे पोखरेलले तत्काल प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी घटनालाई गम्भीरतापूर्वक लिएर कदम चाल्न निर्देशन दिएका थिए ।
‘हामीले पेशागत सुरक्षा, दोषीमाथि कारवाही र भविस्यमा यस्ता घटना नहोस भन्नका लागि जेल वीथ आउट बेल तत्काल ल्याउन परयो भन्न गएका थियौँ । उहाँले हामीलाई सकारात्मक आश्वासन दिनु भएको छ । घटनाको छानवीन गरि दोषीमाथि कारवाही गर्न सिडिओलाई निर्देशन दिनु भएको छ,’ डा सम्राट पराजुली भने ।
गत सोमबार नवलपरासीको बर्दघाट – २ की यमकुमारी पुनको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको थियो। त्यसपछि मृतकका आफन्तले उपचारमा संलग्न जुनियर रेसिडेण्ट डाक्टर अर्चन घिमिरेलाई हातपात गरेका थिए। घिमिरे सामान्य घाईते छन्।
गत शुक्रबार टाउको दुखेर उपचारका लागि मेडिकल कलेज आएकी पुनको ब्रेन ह्यामरेजका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
नेपाल चिकित्सक संघ लुम्बिनीले दोषीमाथि कारवाही गर्न स्थानीय प्रशासनलाई ४८ घण्टाको समयसीमा दिएको थियो । सो समयसीमा आज सकिदैछ ।
सम्पर्क इमेल : [email protected]