दश लाख थान मास्कसहित पक्राउ

काठमाडौँ, ५ चैत । निर्धारितभन्दा अधिक मूल्यमा बिक्री गर्ने प्रयोजनले लुकाइराखेको १० लाख थान मास्कसहित गोर्खाका युवराज न्यौपाने पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट परिचालन भएको टोलीले राजधानीको सानोभ¥याङबाट उनलाई आज पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सकुलबहादुर थापाका अनुसार कृत्रिम अभाव सिर्जना गर्ने तथा अत्यावश्यक वस्तु लुकाउनेहरुविरुद्ध प्रहरी टोली सक्रियताका साथ लागेको र गएराति उक्त टोलीले सुरज आर्केडबाट एक हजार ६०० थान स्यानिटाइजर तथा काठमाडौँ उपत्यकाका विभिन्न भागबाट १४ हजार थान मास्क बरामद गरेको छ । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



