दादुरा रुवेला खोप अभियानको दोस्रो चरण आजबाट शुरु, ४ प्रदेशका साढे ११ लाख बालबालिकालाई खोप दिइदै

584
Shares
पहिलो चरणको खोप शुभारम्भ गर्दाको तस्बिर :

काठमाडौँ, १ चैत ।  बालबालिकालाई दादुरा तथा रुवेला रोगबाट जोगाउन शुरु गरिएको दादुरा रुवेला खोप अभियानको दोस्रो चरण आजबाट शुरु हुँदैछ ।

अभियान अन्तरगर्त दोस्रो चरणमा यो कार्यक्रम बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम गरी ४ वटा प्रदेशका ४३ जिल्लामा शुरु हुने भएको हो । चैत महिनाभर सञ्चालन हुने यो अभियानमा ९ महिना देखि ५ बर्ष उमेर समूहका ११ लाख ५७ हजार ७७१ जना बालबालिका समेटिने छन् ।

यसअघि पहिलो चरण अन्तरगर्त फागुन महिनाभर प्रदेश नं १, २ र ५ मा यो यो खोप अभियान सञ्चालन गरिएको थियो । सो खोप अभियानमा १८ लाख २४ हजार ४३३ जना बालबालिकालाई समेटिने बताइएको थियो ।

‘सो खोप अभियान कति सफल भयो भनेर एकीन तथ्याकं आएको छैन् । यद्धपी प्रारम्भिक संकेतले हामी यसपटक पनि सफल भयौँ भन्ने देखाएको छ,’ स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखाका प्रमुख डा झलक गौतमले बताए ।

यो अभियानमा नेपाल सरकारसंग विश्व स्वास्थ्य संगठन, युनिसेफ र रोटरी क्लव र द ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)ले हातेमालो गरेको छ ।

डा गौतमले यस पटक कैलाली र कन्चनपुर गरी दुई जिल्लाका बालबालिकालाई दादुरा खोपसँगै पोलियो थोपा पनि खुवाईने बताए ।

अहिले नेपालमा पोलियोको शून्य अवस्था छ। तर यसलाई अझ सुरक्षित बनाउन जन्मेदेखि पाँच वर्ष मुनिका सबै बालबकालिकालाई पोलियो थोपा खुवाउन लागेको उनले जानकारी दिए ।  त्यसो त नेपालमा सन् २०१० देखि पोलियो रोगको नयाँ बिरामी भेटिएका छैनन् ।

डा गौतमले नेपालमा पोलियो उन्मुलनको अवस्था रहेकोले जोखिम मानिएका जिल्लामा दादुरा खोपसँगै पोलियो थोपा पनि खुवाउन लागिएको स्पष्ट पारे ।

नेपालमा सन् २००४ मा पहिलो दादुरा रुवेला खोप अभियान सञ्चालन भएको थियो। सामान्यतः हरेक चार वर्षमा हुने यो अभियान त्यसपछिका २००८, २०१२, २०१६ मा सञ्चालनमा क्रमश दोस्रो, तेस्रो र चौथो अभियानको रुपमा सञ्चालन भएको थियो ।

अभियानका लागि ५६ करोड रुपैयाँ

डा. गौतमका अनुसार यो खोप अभियानका लागि ५६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

खोपका लागि नेपाल सरकारको ५५ लाख रुपैयाँ र द ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी) को तर्फबाट २३ करोड ४५ लाख रुपैयाँ बजेट छुट्याइएको छ । यस्तै व्यवस्थापनमा नेपाल सरकारको १० करोड र गाभीको २२ करोड रुपैयाँ छुट्याइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *