कोरोनाबाट संक्रमित साढे १२ हजार चिनियाँ उपचार पछि घर फर्के

112
Shares

एजेन्सी ।चीनमा कोभिड १९ (नयाँ कोरोना भाइरस)को संक्रमण पछि उपचार गराई निको हुनेको संख्या १२ हजार ५५२ पुगेको छ । चिनियाँ स्वास्थ्य आयोगका अनुसार सोमबार मात्रै १ हजार ७०१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना भाइरसबाट अहिलेसम्म चीनमा १ हजार ८ सय ६८ जनाको मृत्यु भईसकेको छ । संक्रमण हुनेको संख्या ७२ हजार ४३६ पुगेको छ ।

अधिकारीहरुका अनुसार सोमबार मात्रै यो भाइरसबाट चीनमा ९८ जनाले ज्यान गुमाए । यस्तै थप १ हजार ८८६ जनामा संक्रमण देखा परेको थियो ।

गत ३१ डिसेम्बर २०१९ मा पहिलो पटक थाह भएको कोरोना भाइरसको इन्फेक्सन चीन बाहिर करीब ३० वटा देशमा देखा परेको छ । यद्धपी चीन बाहिर यसको फैलावट चीनमा जसरी बढेको छैन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *