कोरोनाबाट संक्रमित साढे १२ हजार चिनियाँ उपचार पछि घर फर्के

एजेन्सी ।चीनमा कोभिड १९ (नयाँ कोरोना भाइरस)को संक्रमण पछि उपचार गराई निको हुनेको संख्या १२ हजार ५५२ पुगेको छ । चिनियाँ स्वास्थ्य आयोगका अनुसार सोमबार मात्रै १ हजार ७०१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना भाइरसबाट अहिलेसम्म चीनमा १ हजार ८ सय ६८ जनाको मृत्यु भईसकेको छ । संक्रमण हुनेको संख्या ७२ हजार ४३६ पुगेको छ ।

अधिकारीहरुका अनुसार सोमबार मात्रै यो भाइरसबाट चीनमा ९८ जनाले ज्यान गुमाए । यस्तै थप १ हजार ८८६ जनामा संक्रमण देखा परेको थियो ।

गत ३१ डिसेम्बर २०१९ मा पहिलो पटक थाह भएको कोरोना भाइरसको इन्फेक्सन चीन बाहिर करीब ३० वटा देशमा देखा परेको छ । यद्धपी चीन बाहिर यसको फैलावट चीनमा जसरी बढेको छैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *