स्वास्थ्य मन्त्रालयद्धारा दुई जना स्वास्थ्यकर्मीमाथि विभागीय कारवाही

12.2k
Shares

काठमाडौँ, २९ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामो समय देखि विना जानकारी अनुपस्थित रहेका दुई जना कर्मचारीलाई विभागीय कारवाही गरेको छ ।

मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले आँपपिपल अस्पताल गोरखामा पदाधिकारी रहेका ल्याव असिस्टेन्ट (पाँचौँ तह)का कुमार प्रसाद शर्मा र जिल्ला जनस्वास्थ्य कार्यालय गोरखामा पदाधिकार रहेको विमला वाग्लेलाई विभागीय कारवाही गरेको हो ।

मन्त्रालयले उनीहरुलाई भविस्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाएको जनाएको छ ।

कारवाही विवरणमा शर्मा २०६२ कात्तिक १ देखि र वाग्ले २०६३ असोज ६ गते देखि विना जानकारी अनुपस्थित भएको उल्लेख छ । मन्त्रालयले सोही मितिबाट विभागीय सजाय लागू भएको जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *