एयरपोर्ट भन्सारले जफत गरिएका सूर्तिजन्य पदार्थ बिक्री गर्ने प्रक्रिया रद्ध गर्‍यो

112
Shares

काठमाडौँ, ७ माघ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरिएका सूर्तिजन्य पदार्थ विक्री गर्ने प्रक्रिया रद्ध गरेको छ ।
कार्यालयले आज एक सूचना प्रकाशित गर्दै २८ पुसमा गोरखापत्र दैनिकमा सार्वजनिक गरिएको सूचना अनुसारको विक्री प्रक्रिया प्राविधिक कारणले रद्ध गरेको उल्लेख गरेको छ ।

नियम विपरित भन्सार कार्यालयले सूर्तिजन्य पदार्थ विक्री वितरण गर्न खोजेको भन्दै नेपाली हेल्थ डटकमले समाचार प्रकाशित गरेको थियो । त्यसलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगर्तको  सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन समितिले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै भन्सार कार्यालयलाई कारवाही गर्न निर्देशन दिएको थियो ।

विमानस्थल भन्सार कार्यालयले सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को दफा १० विरुद्ध हुने गरी गतिविधि अघि बढाएको भन्दै समितिले यस्तो निर्देशन दिएको हो ।

भन्सार कार्यालयले २८ पुसमा गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गरी जफत गरिएका ७ हजार ५८५ केजी विभिन्न सूर्तिजन्य पदार्थलाई न्यूनतम मूल्य ४४ लाख ३७ हजार २२५ रुपैयाँ कायम गरी लिलाम बढाबढ पद्धतीबाट बिक्री गर्न भन्दै शिलवन्दी दरभाउपत्र आवहान गरेको थियो ।

यो पनि पढ्नुहोस्

https://www.nepalihealth.com/2020/01/21/44929/

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *