पूर्ण संस्थागत सुत्केरीमा जोड दिँदै बर्दघाट नगरपालिका

180
Shares


नवलपरासी, २२ पुस । घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पूर्ण संस्थागत सुत्केरी घोषणा अभियान कार्यक्रमलाई तीव्रता दिएको छ ।

नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरूप नगरपालिकाले वडा वडा तहबाट घरमै सुत्केरी हुने दर घटाउन अभियानकै रूपमा जोड दिएको हो । नगरपालिकाले वडा नं। ८, ९ र १४ लाई पूर्ण संस्थागत सुत्केरी भएको वडाको रुपमा घोषणा गरिसकेको छ । आगामी दिनमा सबै वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरी नगरपालिकालाई नै पूर्ण संस्थागत सुत्केरी स्थानीय तहको रुपमा घोषणा गर्ने योजना रहेको नगर प्रमुख धीरजशर्मा बस्यालले बताए ।

संस्थागत सुत्केरी अभियानलाई प्रोत्साहन गर्नका नगरपालिकाभित्र सुत्केरी हुने महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा र स्वास्थ्य संस्थामा सुत्केरी भएबापत रु पाँच हजार प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ । बर्दघाट नगरपालिकाभित्र कूल १८ वडा रहेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *