डा. रमेश विक्रम सिंहलाई सात दिन भित्र उपस्थित हुन अख्तियारको ताकेता

3.2k
Shares

काठमाडौँ, १९ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौँडाका प्रमुख डा रमेश विक्रम सिंहलाई सात दिन भित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ ।

आर्थिक बर्ष २०७२/ ७३ र २०७३/ ७४ को निशुल्क औषधि खरीदमा अनियमितता भएको भन्ने उजुरी परेकोले केही बुझ्न पर्ने भन्दै सूचना जारी गरेको हो ।

डा सिंह हेटौडापछि स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक बनेका थिए । तर ९ साउन २०७४ मा उनलाई अख्तियारको टोलीले १० हजार घुस सहित कार्यकक्षमा रंगेहात पक्रेको थियो ।

त्यसबेला उनीमाथि एक जना जुनियर कर्मचारीको कार्यसम्पादन मूल्यांकन मिलाइदिने भन्दै १० हजार घुस लिएको आरोप थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *