डा. रमेश विक्रम सिंहलाई सात दिन भित्र उपस्थित हुन अख्तियारको ताकेता

काठमाडौँ, १९ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौँडाका प्रमुख डा रमेश विक्रम सिंहलाई सात दिन भित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ ।

आर्थिक बर्ष २०७२/ ७३ र २०७३/ ७४ को निशुल्क औषधि खरीदमा अनियमितता भएको भन्ने उजुरी परेकोले केही बुझ्न पर्ने भन्दै सूचना जारी गरेको हो ।

डा सिंह हेटौडापछि स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक बनेका थिए । तर ९ साउन २०७४ मा उनलाई अख्तियारको टोलीले १० हजार घुस सहित कार्यकक्षमा रंगेहात पक्रेको थियो ।

त्यसबेला उनीमाथि एक जना जुनियर कर्मचारीको कार्यसम्पादन मूल्यांकन मिलाइदिने भन्दै १० हजार घुस लिएको आरोप थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *