नेकपा नेता झक्कु सुवेदीलाई हृदयघात, नर्भिकमा उपचार हुँदै
काठमाडौँ, १९ कात्तिक । नेकपाका नेता तथा पूर्व सांसद झक्कुप्रसाद सुवेदीलाई सोमबार विहान हृदयघात भएको छ । उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
विहान उपत्यका बाहिर जाने क्रममा थानकोट पुगेका सुवेदीलाई हृदयघात भएपछि तत्काल नर्भिक पुरयाइएको थियो ।
नर्भिकमा डा जेपी जैसवालको टोलीले तत्काल एन्जीयोप्लास्टी गरेको थियो । ‘मुटुको दाँया तर्फको रक्तनली सतप्रतिशत बन्द भएको थियो । एन्जीयोप्लास्टी गरी खुलाइयो ,’डा जैसवालले भने ।
उनले सुवेदीको स्वास्थ्य अवस्थामा सुधार आएको समेत जानकारी दिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



