नेकपा नेता झक्कु सुवेदीलाई हृदयघात, नर्भिकमा उपचार हुँदै

काठमाडौँ, १९ कात्तिक । नेकपाका नेता तथा पूर्व सांसद झक्कुप्रसाद सुवेदीलाई सोमबार विहान हृदयघात भएको छ । उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

विहान उपत्यका बाहिर जाने क्रममा थानकोट पुगेका सुवेदीलाई हृदयघात भएपछि तत्काल नर्भिक पुरयाइएको थियो ।

नर्भिकमा डा जेपी जैसवालको टोलीले तत्काल एन्जीयोप्लास्टी गरेको थियो । ‘मुटुको दाँया तर्फको रक्तनली सतप्रतिशत बन्द भएको थियो । एन्जीयोप्लास्टी गरी खुलाइयो ,’डा जैसवालले भने ।

उनले सुवेदीको स्वास्थ्य अवस्थामा सुधार आएको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *