चितवनमा ३१ जनामा डेङ्गु सङ्क्रमण

136
Shares


चितवन, २१ साउन । जिल्लामा ३१ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । गत आर्थिक वर्षमा एक हजार ९९१ जनाको रक्त परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार भेटिएका सङ्क्रमितमध्ये १५ चितवनका र अन्य बाहिरी जिल्लाका हुन् । भरतपुर महानगरपालिका–१, २, ३, १० र ११ का बासिन्दामा सो रोगको सङ्क्रमण भेटिएको थियो ।

ती क्षेत्रमा बढी सङ्ख्यामा सवारीसाधन मर्मत गर्ने स्थानमा लामो समयसम्म पानी जम्ने भएकाले त्यस्तो स्थान जोखिममा रहेको उनले बताए । एजेप्टाई र एडिस एल्बोमेक्टस नामका पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग रत्ननगर र राप्ती नगरपालिकामा पनि देखिएको उनले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष जिल्लामा एक हजार ४८६ जनाको रगत परीक्षण गरिएकामा ५९मा डेङ्गुको सङ्क्रमण भेटिएको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *