स्वास्थ्यका कर्मचारीको नयाँ तलव : सचिवको ६४ हजार ७२६ रुपैयाँ, अरुको कति ?
काठमाडौँ, २० साउन । चालु आर्थिक बर्षको बजेटमा बृद्धि भएको सरकारी कर्मचारीको नयाँ तलव स्केल निर्धारण भएको छ । अर्थ मन्त्रालयले १ साउन देखि लागू हुने गरी नयाँ तलव स्केल निर्धारण गरेको हो ।
नयाँ तलव स्केल अनुसार मुख्य सचिवले २ ग्रेड सहित ६९ हजार ४८२ रुपैयाँ पाउनेछन् । मुख्य सचिवकै बराबर तलव प्रधान सेनापतिले पनि बुझ्ने छन् ।
मुख्य सचिव र प्रधान सेनापति पछि सबैभन्दा बढी तलव खाने नेपाली सेनाकै विमान सम्भार समूहका सहायक रथीको छ । सो पदमा पुग्नेले ६९ हजार ४१५ रुपैयाँ तलव बुझ्नेछन् ।
त्यसपछि नेपाली सेनाको रथीले ६६ हजार ७१० रुपैयाँ र त्यसपछि उपरथीले ६४ हजार ७२६ रुपैयाँ पाउनेछन् ।
सेनाका उपरथीले पाउने बराबरकै तलव अर्थात ६४ हजार ७२६ रुपैयाँ निजामति तर्फका सचिव र स्वास्थ्य तर्फका सचिव तथा प्रमुख विशेषज्ञले पाउनेछन् । यति नै तलव नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक र प्रहरी अतिरिक्त महानिरीक्षकले पाउनेछन् ।
स्वास्थ्य सेवा तर्फ सबैभन्दा कम सहायक प्रथमको पनि २५ हजार ९ सय ७० रुपैयाँ तोकिएको छ ।
हेरौँ, कुन तहको कर्मचारीको तलव कति भयो ?
सम्पर्क इमेल : [email protected]