स्वास्थ्यका कर्मचारीको नयाँ तलव : सचिवको ६४ हजार ७२६ रुपैयाँ, अरुको कति ?

6.8k
Shares

काठमाडौँ, २० साउन । चालु आर्थिक बर्षको बजेटमा बृद्धि भएको सरकारी कर्मचारीको नयाँ तलव स्केल निर्धारण भएको छ । अर्थ मन्त्रालयले १ साउन देखि लागू हुने गरी नयाँ तलव स्केल निर्धारण गरेको हो ।

नयाँ तलव स्केल अनुसार मुख्य सचिवले २ ग्रेड सहित ६९ हजार ४८२ रुपैयाँ पाउनेछन् । मुख्य सचिवकै बराबर तलव प्रधान सेनापतिले पनि बुझ्ने छन् ।

मुख्य सचिव र प्रधान सेनापति पछि सबैभन्दा बढी तलव खाने नेपाली सेनाकै विमान सम्भार समूहका सहायक रथीको छ । सो पदमा पुग्नेले ६९ हजार ४१५ रुपैयाँ तलव बुझ्नेछन् ।

त्यसपछि नेपाली सेनाको रथीले ६६ हजार ७१० रुपैयाँ र त्यसपछि उपरथीले ६४ हजार ७२६ रुपैयाँ पाउनेछन् ।

सेनाका उपरथीले पाउने बराबरकै तलव अर्थात ६४ हजार ७२६ रुपैयाँ निजामति तर्फका सचिव र स्वास्थ्य तर्फका सचिव तथा प्रमुख विशेषज्ञले पाउनेछन् । यति नै तलव नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक र प्रहरी अतिरिक्त महानिरीक्षकले पाउनेछन् ।

स्वास्थ्य सेवा तर्फ सबैभन्दा कम सहायक प्रथमको पनि २५ हजार ९ सय ७० रुपैयाँ तोकिएको छ ।

हेरौँ, कुन तहको कर्मचारीको तलव कति भयो ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *