गर्भवतीलाई एम्बुलेन्स सेवा निशुल्क गर्ने नगरपालिकाको घोषणा
तनहुँ १५ साउन । तनहुँको भानु नगरपालिकाले बर्थिङ सेन्टरमा शिशु जन्माउनेलाई एम्बुलेन्स शुल्क तिरिदिने भएको छ ।
स्वास्थ्य केन्द्रमा प्रसूति गराउन आकर्षण बढाउने उद्धेश्यले भानु नगरपालिका भित्र रहेका बर्थिङ सेन्टरमा एम्बुलेन्स निशुल्क उपलव्ध गराउने निर्णय भएको भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौलीले जानकारी दिए ।
यो निर्णय १ भदौ देखि लागु हुने गरी कार्यविधि तयार भएको समेत भानु नगरपालिकाले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]