गर्भवतीलाई एम्बुलेन्स सेवा निशुल्क गर्ने नगरपालिकाको घोषणा
तनहुँ १५ साउन । तनहुँको भानु नगरपालिकाले बर्थिङ सेन्टरमा शिशु जन्माउनेलाई एम्बुलेन्स शुल्क तिरिदिने भएको छ ।
स्वास्थ्य केन्द्रमा प्रसूति गराउन आकर्षण बढाउने उद्धेश्यले भानु नगरपालिका भित्र रहेका बर्थिङ सेन्टरमा एम्बुलेन्स निशुल्क उपलव्ध गराउने निर्णय भएको भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौलीले जानकारी दिए ।
यो निर्णय १ भदौ देखि लागु हुने गरी कार्यविधि तयार भएको समेत भानु नगरपालिकाले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



