बिपी प्रतिष्ठान धरानका पूर्व उपकुलपति डा.दाससहित ८ जनालाई भ्रष्टाचार मुद्दा

काठमाडौँ, ३० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रपितष्ठानका पूर्व उपकुलपति डा.बिपी दाससहित ८ जनालाई १६ करोड १० लाख ७५ हजार ८२ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ।
अख्तियारले विशेष अदालतमा उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवाना सहित विगो रकम असुलको मागदावी सहित मुद्धा दर्ता गरेको हो।
प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीले ऐन विपरित गैरकानुनी रुपमा आर्थिक लाभ लिई सप्लायर्स तथा आफूलाई फाइदा र प्रतिष्ठानलाई हानि नोक्सानी पु¥याएको भन्दै अख्तियारले उनीहरुविरुद्ध आज आरोप पत्र दायर गरेको हो।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



