बिपी प्रतिष्ठान धरानका पूर्व उपकुलपति डा.दाससहित ८ जनालाई भ्रष्टाचार मुद्दा

काठमाडौँ, ३० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रपितष्ठानका पूर्व उपकुलपति डा.बिपी दाससहित ८ जनालाई १६ करोड १० लाख ७५ हजार ८२ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ।

अख्तियारले विशेष अदालतमा उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवाना सहित विगो रकम असुलको मागदावी सहित मुद्धा दर्ता गरेको हो।

प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीले ऐन विपरित गैरकानुनी रुपमा आर्थिक लाभ लिई सप्लायर्स तथा आफूलाई फाइदा र प्रतिष्ठानलाई हानि नोक्सानी पु¥याएको भन्दै अख्तियारले उनीहरुविरुद्ध आज आरोप पत्र दायर गरेको हो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *