घरपायक मिलाउन साढे ७ हजार अनमीको दरबन्दी तेरिज संसोधन गर्दै सरकार

17.5k
Shares

काठमाडौँ, २८ चैत ।सरकारले स्वास्थ्य चौकीमा कार्यरत अनमीहरुलाई घरपायक मिलाउने गरी दरबन्दी तेरिज संसोधन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले समायोजनको क्रममा घरबाट टाढा पुगेका अनमीहरुलाई घरपायक मिलाउने गरी दरबन्दी समायोजन गर्ने निर्णय गरको हो ।

‘भर्खरै भएको समायोजनले कतिपय अनमीहरुको घरदेखि निकै टाढा (बे जिल्ला समेत) पुर्याएपछि त्यसलाई संसोधन गर्नुपर्ने देखियो र निर्णय गरियो,’ सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले भने ।

मन्त्रिपरिषद्ले गरेका निर्णयहरुको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले स्वास्थ्य चौकीहरुमा रहने कुल ७ हजार ६१९ जना अनमीको दरबन्दी तेरिज संसोधन गर्ने निर्णय गरेको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *