घरपायक मिलाउन साढे ७ हजार अनमीको दरबन्दी तेरिज संसोधन गर्दै सरकार

काठमाडौँ, २८ चैत ।सरकारले स्वास्थ्य चौकीमा कार्यरत अनमीहरुलाई घरपायक मिलाउने गरी दरबन्दी तेरिज संसोधन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले समायोजनको क्रममा घरबाट टाढा पुगेका अनमीहरुलाई घरपायक मिलाउने गरी दरबन्दी समायोजन गर्ने निर्णय गरको हो ।

‘भर्खरै भएको समायोजनले कतिपय अनमीहरुको घरदेखि निकै टाढा (बे जिल्ला समेत) पुर्याएपछि त्यसलाई संसोधन गर्नुपर्ने देखियो र निर्णय गरियो,’ सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले भने ।

मन्त्रिपरिषद्ले गरेका निर्णयहरुको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले स्वास्थ्य चौकीहरुमा रहने कुल ७ हजार ६१९ जना अनमीको दरबन्दी तेरिज संसोधन गर्ने निर्णय गरेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *