स्वास्थ्यका सहसचिवको चिठी बनेको छैन : सामान्य प्रशासन मन्त्रालय

460
Shares

काठमाडौँ, १० फागुन । समायोजनमा स्वास्थ्य समूहका सहसचिवको चिठी अझै बनि नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

यसअघि स्वास्थ्य मन्त्रालयका एक जना सहसचिवले दिएको जानकारीको आधारमा नेपाली हेल्थले स्वास्थ्यका सहसचिवहरुको चिठी स्वास्थ्य मन्त्रालयमा पुगेको खवर सार्वजनिक गरेको थियो ।

तर, त्यो स्वास्थ्यमा रहेका प्रशासन समूहका दुई जना सहसचिवहरुको रहेको बुझिएको छ । स्वास्थ्यमा पठाएको भनिएको सो चिठीको चलनाी नं ११६ रहेको छ ।

सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्वास्थ्यका सहसचिवहरुको चिठी बन्न अझै केही दिन लाग्न सक्ने संकेत गरे । ‘अहिले म झापामा छु । भोलि मात्रै फर्कन्छु । त्यसपछि लगातार यहि काममा लाग्ने हो । आइतबार सोमबारसम्ममा चिठी बन्छ कि ?,’ नेपाली हेल्थसंग उनले भने ।

केही सहसचिवहरुले आफूहरुको समायोजन नमिलेको भन्दै गुनासो गरेपछि त्यसलाई मिलाउन भन्दै चिठी रोकेको सचिव थपलियाले बताए ।

उनले समायोजन सुरु भएपछि सातौ स्तरबृद्धि भएका स्वास्थ्यका छैटौँ सातौँ तहका कर्मचारीको विषयमा समेत गम्भीर छलफल बाँकी रहेको बताए । स्वास्थ्यमा दुई चरणमा गरेर ६८ जनाको स्तरबृद्धि भएको बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *