चर्चित भारतीय गायक सोनु निगम बिरामी, नर्भिक अस्पतालमा उपचार हुँदै

4.2k
Shares

काठमाडौँ, ७ फागुन । नेपाल भ्रमणमा रहेका भारतीय चर्चित गायक सोनु निगम बिरामी भएका छन् । अहिले उनको उपचार थापाथलीस्थित नर्भिक अस्पतालमा भइरहेको छ ।

गत आइतवार नेपाल आएका गायक भ्रमणका लागि पोखरा पुगेका थिए । त्यहाँ उनको ढाडको मांसपेशीमा समस्या देखिएपछि उनी उपचारका लागि काठमाडौँ आएका हुन् ।

अस्पताल स्रोतका अनुसार पौने १ बजे तिर नर्भिक पुगेका उनको डा. पंकज जलान र डा. प्रवीण नेपालको टोलीले उपचार गरिरहेको छ ।

अस्पतालको भिआपी क्याविन नं ५०१ मा रहेर उपचार गराईरहेका उनलाई भर्ना भने गरिएको भने गरिसकिएको छैन । गायक सोनुको साथमा उनीसंगै आएका उनका सहयोगीहरु छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *