स्थानीय निकायले एम्बुलेन्स खरीद गर्दा सतप्रतिशत कर छुट

204
Shares
सांकेतिक तस्बिर

काठमाडौँ, २ फागुन । स्थानीय निकायले एम्बुलेन्स खरीद गर्दा सतप्रतिशत कर छुट हुने भएको छ । संघीय व्यवस्था तथा सामान्य प्रशासन मन्त्रालयले महानगर तथा नगरपालिकाले ३ वटा सम्म एम्बुलेन्स खरीद गर्दा र गाँउपालिकाले २ वटासम्म एम्बुलेन्स खरीद गर्दा कर छुट पाउने व्यवस्था भएको जनाएको छ ।

गत ५ असोजको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको स्थानीय तहले खरीद गर्ने एम्बुलेन्समा राजश्व छुट सम्वन्धी मापदण्ड २०७३ अनुसार यस्तो व्यवस्था भएको हो ।

तर छुट लिनका लागि स्थानीय निकायले अर्थमन्त्रालय समक्ष पूर्व सहमतिका लागि सिफारिस गर्न पठाउनु पर्दछ । त्यसका लागि सभाको निर्णय, एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका बमोजिम प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समितिबाट लिएको सहमति पत्र लगायतका कागजात चाहिने बताइएको छ ।

स्थानीय निकाय स्वायत्त भएसंगै एम्बुलेन्स, दमकल, तथा अरु विभिन्न अत्यावश्यक साधनहरुको जोहो आफैले गर्न थालेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *