नक्कली फेसबुकले डा. भगवान कोइराला हैरान

0
Shares

dr koiralaकाठमाडौँ-बरिष्ठ मुटुुरोग विशेषज्ञ डा. भगवान कोइराला नक्कली फेसबुकका कारण हैरान भएका छन् । पछिल्लो केही दिन देखी विभिन्न अनलाइन सञ्चारका माध्यमहरुले आफूलाई उदृृत गर्दै विभिन्न हेल्थ टिप्स दिएको भन्दै आपत्ती जनाएका छन् ।

उनको नामबाट कहिले ‘अण्डा खाँदा होस गरौँ’ भन्ने टिप्स आउछ कहिले ‘मोवाइल चलाउदा यसो गरौ’भन्ने टिप्स आउछ । आफ्नो विषयसंग नमिलेका विषयमा आफ्नो नाम जोडेर टिप्स तथा समाचार आएपछि  डा. कोइरालाले आफ्नो आधिकारिक फेसबुकबाट त्यो टिप्स आफ्नो नभएको र फेसबुक समेत आफ्नो नाममा कसैले नक्कली बनाएको भन्दै जानकारी गराए तर अहिले पनि अनलाईनहरुले त्यसको बेवास्ता गर्दै टिप्स हाल्न छाडेका छैनन् ।

डा. कोइरालाले नक्कली फेसबुकबाट आफू हैरान भएको भन्दै त्यो सबै त्यस विरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरेको बताए । ‘धेरै साथी भाई शुभचिन्तकहरुले मलाई फोन गरी जानकारी गराएका छन् । म पनि हैरान छु , मेरोफेसबुकबाट भन्दै अनलाईनहरुमा मलाई नै उदृत गर्दै साभार गरिएका टिप्सहरु देखिएका छन् । यसबाट म हैरान भएको छु ‘  नेपाली हेल्थसंग भने, ‘म अब यसविरुद्ध साइबर अपराध अन्तर्गत प्रहरीमा उजुरी दिन चाहन्छु ।’

हुनपनि बरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइरालाको दर्जन बढी अनलाइनहरुले उनको नाम उधृत गर्दै टिप्सहरु हाल्ने गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *