पूर्व युवराज पारसको मुटुमा ‘स्टेन्ट’ प्रत्यारोपण

616
Shares

काठमाडौँ, १४ माघ ।  थापाथलिस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्व युवराज पारस शाहलाई मेजर हार्ट एट्याक भएको उपचारमा सम्लग्न चिकित्सकले बताएका छन् । चिकित्सकहरुको टोलीले शाहको मुटुमा स्टेन्ट प्रत्यारोपण गरिसकेका छन् ।

केही बेर अघि अस्पतालद्धारा जारी विज्ञप्तीका अनुसार पूर्व युवराज शाहको अवस्थता स्थिर रहे पनि खतरामुक्त भै नसकेको उल्लेख छ ।

हेरौँ अस्पतालद्धारा जारी विज्ञप्ती

छातीमा असह्य पीडाको महसुस भएपश्चात् पूर्व युवराज पारस विक्रम शाहलाई आज अपरान्ह ४ः१५ बजे नर्भिकको आकस्मिककक्षमाल्याइएको थियो ।

थोरै समय नर्भिकको अन्तर्राष्टिय आकस्मिक कक्षमा राखी जाँच पश्चात् उहाँलाई तत्कालै क्याथल्यावमा सारेर कोरोनरी एन्जियोग्राम गर्दा उहाँको मुटुको धमनी पूर्ण रुपमा बन्द रहेको पाइएको थियो । उपरोक्तबन्द (अवरोध) खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न भई उहाँलाई सी.सी.यु.मा सारिएको छ ।

उहाँको उपचारमाप्रा.डा. यादवदेव भट्ट लगायत डा. जे.पी. जैसवाल, डा. नग्माश्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल श्रेष्ठको टोली संलग्न रहेको थियो । उहाँको स्वास्थ्य हाल स्थिर रहेता पनि उहाँ खतरामुक्त हुने अभैm भैसक्नु भएको छैन । उहाँ केहीदिन हस्पिटलमै रहनुहुनेछ ।

आरपी मैनाली
डीजीएम कर्पोरेट कम्युनिकेशन
नर्भिक हस्पिटल

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *