स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई काठमाडौँ ल्याइयो, त्रिवि शिक्षण अस्पतालमा भर्ना

240
Shares


काठमाडौँ, ४ माघ ।स्वास्थ्य अवस्था गम्भीर भएपछि इलाममा आमरण अनसनरत डा. गोविन्द केसीलाई रातारात काठमाडौं ल्याइएको छ । विहान पौने चार तिरबाट डा केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ । अहिले उनी आइसियूमा उपचाररत छन् ।

विहीबार साँझबाट उनको मुटुको चाल अस्थिर भएपछि चिकित्सकले कुनै पनि वेला दुर्घटना हुनसक्ने भन्दै तत्काल काठमाडौँ लैजान सुझाव दिएका थिए । सोही अनुसार सरकारले राती नै झापाको भद्रपुर सम्म एम्बुलेन्स र त्यसपछि नेपाली सेनाको नाइटभिजन हेलिकप्टरमा काठमाडौँ ल्याएको हो ।

काठमाडौँमा ल्याइसकेपछि पनि शुरुमा डा केसीले उपचार सेवा लिन मानेका थिएनन् । तर प्राध्यापक केदारभक्त माथेमा सहितको टोलीले आग्रह गरेपछि उनी उपचारका लागि राजि भएको डा केसी निकट मानिने डा अभिसेकराज सिंहले बताए ।

आफूसंग विगतमा गरिएको सम्झौँता कार्यान्व्नय हुनुपर्ने माग राख्दै डा केसी विगत ९ दिन देखि इलाममा अनसनरत थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *