एक लाख घुस सहित पक्राउ परेका भनिएका डा. तारानाथ पौडेल विरुद्ध विशेष अदालतमा मुद्धा
काठमाडौँ, ३ पुस । भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा तारानाथ पौडेलविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
डा पौडेललाई दुई साता अघि अख्तियारको टोलीले लोकसेवा आयोगको परीक्षा पास गरिदिने भन्दै परीक्षार्थीसंग १ लाख रुपैयाँ घुस लिएको भन्दै पोखराबाट पक्राउ गरेको थियो ।
अख्तियार प्रवक्ता रामेश्वर दंगालले डा पौडेलविरुद्ध एक लाख विगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिम सजाय मागदावी गरी आरोप पत्र दायर गरिएको बताए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



