नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, ७१ प्रतिशत उत्तीर्ण
काठमाडौँ, ८ मंसिर । नेपाल नर्सिङ परिषदले आज लिएको २० औँ नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ७१.३४ प्रतिशत नर्स उर्तीण भएका छन् ।
काउन्सिल रजिष्टार विन्दा घिमिरेका अनुसार आजको परीक्षामा ४ हजार ७०० जना नर्सहरु सहभागी थिए । त्यसमध्ये ३ हजार ३५५ जना नर्स परीक्षामा उत्तीर्ण भएका छन् । परीक्षाका लागि फारम भरेका ३३ जना भने गयल भएका थिए ।
रजिष्टार घिमिरेका अनुसार परीक्षा विहान ८ बजे देखि साढे ११ बजेसम्म राजधानीका विभिन्न ५ वटा केन्द्रमा चलेको थियो ।
नतिजा हेर्नका लागि यहाँ क्लिक गरौँ
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



