विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ६६ प्रतिशत पास

944
Shares

काठमाडौँ, १७ कात्तिक । नेपाल मेडिकल काउन्सिलले आज लिएको विशेषज्ञ चिकित्सकहरुको लाइसेन्स परीक्षा ( स्पेशल एक्जाम)मा ६६ प्रतिशत उत्तीर्ण भएका छन् ।

विहान ९ देखि ११ बजेसम्म स्वयंम्भूस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा चलेको परीक्षाको नतिजा केही बेर अघि मात्रै प्रकाशित भएको थियो ।

काउन्सिल प्रवक्ता डा. कृष्ण अधिकारीका अनुसार आजको परीक्षामा कुल ५०३ जना सहभागी भएका थिए । ती मध्ये ३३२ जना (६६ प्रतिशत) उत्तीर्ण भए भने १७१ जना ( ३४ प्रतिशत) परीक्षार्थी अनुर्तीण भएका थिए । परीक्षाका लागि फारम भरेका ७ जनाले भने सहभागीता जनाएका थिएनन् ।

काउन्सिलले विशेषज्ञ चिकित्सकहरुका लागि लिने लाइसेन्स परीक्षा (स्पेशल एक्जाम)मा कुल ४२ विधाका विशेषज्ञ डाक्टरहरु सहभागी थिए । काउन्सिलको यो १४ औँ विशेष परीक्षा हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *