स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस
काठमाडौँ, ७ कात्तिक । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिको लागि नेपाल सरकारलाई नाम सिफारिस गर्न गठित समितिले तीन जनाको नाम सिफारिस गरेको छ । जसमा योग्यताक्रमको पहिलो नम्बरमा दामोदर बर्सौला पोखरा, दोस्रो नम्बरमा श्रीमान कार्की लालिगुरास ६ तेह्रथुम र तेस्रो नम्बरमा रमेश कुमार पोखरेल रहेका छन् ।
लोकसेवा आयोगको अध्यक्ष संयोजक रहेको तीन सदस्यीय सिफारिस समितिले हिजो र आज लिएको परीक्षाबाट तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।
यसअघि समितिले सार्वजनिक सूचना जारी गरी कार्यकारी निर्देशक हुनका लागि तीन दरखास्त आवहान गरेको थियो । त्यसमध्ये मापदण्ड अनुसार योग्यता पुगेका पाँच जना मात्रै प्रस्तुति करण र अन्तरबार्ताका लागि छनौट भएका थिए । ती पाँच जनामा डा सतिशकुमार देव र शैलेशकुमार मिश्र समेत थिए ।
स्वास्थ्य मन्त्रालयका सहसचिव जनार्दन गुरागाईले लोकसेवाबाट योग्यता क्रम अनुसार तीन जनाको नाम आएको पुष्टी गरे । उनले यही तीन मध्ये एक जनाको नाममा सरकारले निर्णय गर्ने बताए ।
सम्पर्क इमेल : [email protected]