अरुणखोला बस दुर्घटनाका ४० घाइतेको उपचार पुरानो मेडिकल कलेजमा

1.1k
Shares

चितवन, ४ कात्तिक । छ जनाको ज्यान जाने गरी नवलपुरको अरुणखोलामा भएको बस दुर्घटनाका ४० जना घाइतेको उपचार भरतपुरस्थित पुरानो मेडिकल कलेजमा भएको छ । इटहरीबाट भैरहवा जाँदै गरेको लु१ख ८४५४ नम्बरको बस नवलपुरको अरुणखोलामा आज विहान करीब ५ बजे अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।

दुम्कीबास प्रहरीका अनुसार चालक निदाएका कारण उक्त बस दुर्घटनामा परेको थियो ।

मेडिकल कलेजका जनसम्पर्क तथा बजार बिभाग प्रमुख दुर्गा न्यौपानेका अनुसार घाइते मध्ये ६ जनाको अवस्था गम्भीर र बाँकीको अवस्था मध्यम रहेको छ ।

दुर्घटनामा पाँच जनाको घटनास्थलमा र एक जनाको तीलक थापाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनास्थलमा मृत्यु भएकाहरुको नाम खुल्न सकेको छैन ।

पुरानो मेडिकल कलेजमा उपचाररत घाइतेहरुमा पबित्रा भण्डारी, गणेश बस्नेत, गिता बस्खोर, सुनिता बिष्ट, दिनेश बिष्ट, शिव कुमार, भुपाल बिक, बबिता महत, तारा देवि, सागर झा, धर्मेन्द्र यादव, कर्न कुमार, सम्सेर अलम, श्रावण कुवार, कौशर आलम, दिल्साद आलम, कृष्ण कु शाह, सरोज धकाल, अब्धेस कर्न, गिता ढकाल ,सौरव ढकाल, कमल ढकाल, खुसी दुलाल, ज्योती दुलाल, दुर्गा भुजेल, कुसुम सारु, अ्मित सरु, पुनम बन, सक्षम बन, सन्जय यदव, मृतक तिलक बिष्ट, पुर्न शाह, सौरव झा, राम बिलास सदा, वसन्त बन, बिपिन दर्पन लगायतका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *