तुलसीपुर : निःशुल्क आँखा उपचार सेवा

52
Shares

तुलसीपुर, २५ असोज । ‘आँखा सेवा सबैका लागि’ भन्ने मूल नाराका साथ विश्व दृष्टि दिवस यहाँ विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सो अवसरमा नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालन भएका तीन वटा आँखा अस्पतालले आज निःशुल्क उपचार सेवा दिने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले मोतिविन्दुको निःशुल्क शल्यक्रियादेखि अन्य सेवा निःशुल्क दिने अस्पतालका प्रशासकीय अधिकृत किरण पौडेलले जानकारी दिए ।

त्यस्तै राप्ती आँखा अस्पताल रक्षाचौर तुलसीपुर तथा यसअन्तर्गतका अस्पताल र उपचार केन्द्रले स्थापनाकालदेखि हालसम्म २२ लाख ८३ हजार ९२७ जनालाई आँखा उपचारको सेवा उपलब्ध गराइसकेको र तीन लाख ५४ हजार ९८८ जनालाई निःशुल्क आँखा उपचारको सेवा उपलब्ध गराएको कार्यक्रममा वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी गराए।

यसैगरी हालसम्म एक लाख ५४ हजार ४१ जनाको मोतिविन्दुको शल्यक्रिया गरी नयाँ दृष्टि प्रदान गरेको बताइएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *