झापामा डेंगु फैलिन नदिन अभियान

96
Shares

भद्रपुर, २३ असोज । झापाका स्थानीय तहले लामखुट्टेबाट सर्ने डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि अभियान थालेका छन् ।

गत वर्ष जिल्लामा महामारीका रूपमा देखापरेको डेंगु रोग नियन्त्रणका लागि यस वर्ष बेलैमा रोकथाम अभियान सञ्चालन गरिएको हो ।

विशेषगरी डेंगु असोज र कात्तिकमा बढी देखिने गरेको छ । रोकथामका लागि नगरपालिकाका स्वास्थ्य शाखाले प्रत्येक वडामा अभियान शुरु गरेका छन् ।

घरदैलोमार्फत नगर क्षेत्रमा अभियानको शुरुआत गरिएको छ । स्वास्थ्यकर्मी र जनप्रतिनिधिले डेंगु रोग लाग्ने लार्भा नष्ट गर्न थालेका छन् । जमेको पानी पहिचान गरी लार्भा नष्ट गर्न थालिएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कुलबहादुर पौडेलले बताउ ।

भद्रपुर, दमक, विर्तामोड, अर्जुनधारा, मेचीनगर नगरपालिका, कमल गाउँपालिका र बुद्धशान्ति गाउँपालिकामा सो अभियान सञ्चालन गरिएको छ ।

मेचीनगर नगरपालिका–३ मा चार डेंगु रोगी फेला परेका थिए । उपचारपछि उनीहरू हाल स्वस्थ रहेको स्वास्थ्य शाखाका अधिकृत शशीकला राईले बताउनुभयो । गत वर्ष डेंगुका कारण पाँच सय बिरामी भएका थिए । केहीले ज्यान गुमाएका थिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *