मुटु दिवसको अवसरमा कान्तिपुर जनरल अस्पतालमा स्वास्थ्य शिविर

48
Shares

काठमाडौँ, १४ असोज । विश्व मुटु दिवसको अवसर पारि बसुन्धरास्थित कान्तिपुर जनरल अस्पतालले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । अस्पताल परिसरमा राखिएको उक्त शिविरमा १३९ जनाले निशुल्क स्वास्थ्य परीक्षण गराएका छन् ।

उक्त शिविरमा इसीजी, व्लड सुगर, कोलेस्टेरोल, तथा पिसाव परीक्षण निशुल्क गरिएको अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले बताए ।

कान्तिपुर जनरल अस्पतालले विभिन्न अवसरमा उपत्यका र उपत्यका बाहिर समेत निशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

सामाजिक उत्तर दायित्व अन्तरगर्त स्वास्थ्य जनचेतना बढाउन तथा उपचारमा सहयोग पुरयाउन यस्तो शिविर आयोजना गरिएको डा. श्रेष्ठले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *