भोजपुर : वडा कार्यालयमा आधुनिक बर्थिङ सेन्टर

108
Shares

भोजपुर, ७ असोज । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेमा नवनिर्मित ‘बर्थिङ सेन्टर’ भवन उद्घाटन गरिएको छ । गाउँपालिका र वान हर्ट भोजपुरको लगानीमा भनव निर्माण गरिएको हो ।

गाउँपालिकाको रु १४ लाख ४० हजार ४५९ र वान हर्टको रु ११ लाख ४७ हजार ३५९ लगानीमा आधुनिक भवनको निर्माण सम्पन्न भएको हो ।

सो अवसरमा टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष ध्रुवराज राईले ग्रामीण भेगका महिलालाई लक्षित गरेर निर्माण भएको आधुनिक भवन निर्णाण गरिएको बताए ।

त्यस्तै स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष कृष्णबहादुर बानियाँले भवन निर्माणले वडाका महिलालाई प्रसूति गराउन सहज हुने विश्वास व्यक्त गरे । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *