जाजरकोट : जडीबुटी चोरी निकासी

20
Shares

जाजरकोट, ४ असोज । बारेकोट गाउँपालिका–४ स्थित खेताली, दियाबाल्न कोटे वनमा जडीबुटीको चोरी निकासी बढेको छ । निकासी बन्द गरेपछि जडीबुटी चोरी निकासी बढेको हो ।

जुम्ला सिमानामा रहेको सो वनबाट दैनिक जडीबुटी चोरी निकासी भइरहेको बारेकोट गाउँपालिका–५ का खड्कविक्रम शाहीले बताए । जुम्लाका व्यापारीको मिलेमतोमा चोरी निकासी बढेको उनको भनाइ छ । जटामसी, सतुवालगायतका जडीबुटी चोरी निकासी भइरहेको छ । चोरी निकासी हुँदा राजश्वमा कमी आउने देखिएको छ ।

आइतबार स्थानीयवासी, जिल्ला प्रहरी र जिल्ला वन कार्यालयबाट गएको टोलीले जडीबुटी बरामद गरेको छ । जुम्लाबाट आएको तस्कारको समूह वनमै पाल टाँगेर जडीबुटी तस्करी गरिरहेको पाइएको छ । अनुगमन टोली त्यहाँ पुगेपछि तस्करको समूह भागेको थियो । तस्करको समूहले वनमा लुकेर जडीबुटी चोरी निकासी गर्दै आएको छ । बारेकोट गाउँपालिका–४ बाट सो वनमा पुग्न दुई दिन पैदल हिँड्नु पर्ने भएकाले निरन्तर अनुगमन गर्न समस्या वडा नं ४ का वडाध्यक्ष सिर्जना बस्नेतले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *