डडेल्धुरा : अमरगढी नगरपालिका खोप सुनिश्चित नगर घोषणा

68
Shares

डडेल्धुरा, १ असोज । डडेल्धुराको सदरमुकाममा रहेको अमरगढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित भएको नगरपालिका घोषणा गरिएको छ । नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले नगरपालिकालाई पूर्ण खोप सुनिश्चित भएको नगर घोषणा गरे ।

राष्ट्रिय खोप तालिकाअनुसार नगरका सबै बालबालिकाले एक वर्षभित्रमा खोप लगाइसक्नु पर्ने घोषणा गरिएको छ । जन्मेको १६ दिनदेखि २३ महीनाका सबै बालबालिकाले १५ महीना उमेरभित्र पूर्ण खोप लगाएको हुँदा नगरलाई पूर्ण खोप सुनिश्चित गरिएको अमरगढी नगरपालिकाका पूर्ण खोप समन्वय समितिका सदस्य–सचिव लोकराज पनेरुले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *