शिक्षा र स्वास्थ्य क्षेत्रको दायित्व सरकारले लिन्छ : मन्त्री आङ्बो

124
Shares

पाँचथर, ३० भदौ । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले शिक्षा र स्वास्थ्य क्षेत्रको सम्पूर्ण दायित्व सरकारले लिने बताएका छन् ।

पाँचथरको फिदिममा निजी क्षेत्रबाट स्थापना भएको समर्पित अस्पतालको आज उद्घाटन गर्दै उनले संविधानले नै शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रुपमा व्यवस्था गरेका कारण यी क्षेत्रको सम्पूर्ण दायित्व राज्य स्वयंले लिइने बताए ।

मन्त्री आङ्बोले सरकारले आफ्नो दायित्व पूरा गर्ने क्रममा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताउँदै विगतमा गलत अर्थ नीतिका कारण राज्यबाट सेवा प्रवाह गर्ने संरचना धरासायी बनेको धारणा व्यक्त गरे ।

“शिक्षा, स्वास्थ्यजस्ता सेवामूलक संरचनालाई सबल बनाउनेतर्फ प्रदेश सरकार केन्द्रित छ”, उनले भने, “राज्यका संरचना सबल नभएसम्म निजी क्षेत्रलाई हरेक तवरबाट साथ दिनु तीनै तहका सरकारको जिम्मेवारी हो ।”

मन्त्री आङ्बोले करका विषयलाई लिएर सङ्घीय संरचना र संविधानमाथि प्रहार गर्ने प्रयत्न भए सरकार जस्तोसुकै जवाफ दिन तयार रहेको उल्लेख गर्दै नागरिकलाई मार पर्ने गरी कर सङ्कलन नगर्न पनि स्थानीय तहलाई आग्रह गरे । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *