बाँकेका बाढीपीडितमा स्वास्थ्य समस्या

48
Shares

 बाँके, २३ भदौ । बाँकेका बाढीपीडितमा आँखा, कान र पेट दुख्ने समस्या देखिएको छ । बाढीपीडितलाई लक्षित गरी राप्ती सोनारी गाउँपालिकाअन्तर्गत डुबान क्षेत्रमा सञ्चालन भएको स्वास्थ्य शिविरमा उपचारार्थ आएका बाढीपीडितमा यस्तो समस्या देखिएको हो ।

नेपाली सेनाको बाँके राष्ट्रिय निकुञ्जस्थित श्रीमेहर गण र विभिन्न सामाजिक संस्थाको समन्वयमा बाढीबाट प्रभावितलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन भएको छ । शिविरमा उपचारको लागि आएका अधिकांशमा आँखा, कान र पेट दुख्ने, समस्या देखिएको उपचारमा सैनिक अस्पतालबाट खटिनुभएका डा विजय केसीले बताए । खानेपानीको समस्याले आँखा कान र पेट दुख्ने समस्या भएको हुनसक्ने उहाँको अनुमान छ ।

राप्ती सोनारी गाउँपालिका–२ कचनापुरको टिकुलीपुर र वडा नं ४ वैजापुरको धामपुरमा शिविर सञ्चालन गरिएको छ । टिकुलीपुरकी नन्दकली विकले निःशुल्क उपचार गर्न पाएकामा खुशी व्यक्त गरे । अस्पताल जान समय ननिकालेका बैजापुरका प्रितिराम थारुले पनि आज गाउँमै स्वास्थ्य जाँच गराएका छन् ।

शिविरमा सामान्य चिकित्सा र बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको छ, गत वर्षको बाढीले क्षति पु¥याएका बाढीपीडितलाई लक्षित गरी शिविर आयोजना गरिएको श्रीमेहर गणका प्रमुख सेनानी वासुदेव धिमालले जानकारी दिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *