सुनसरीमा सुरक्षित गर्भपतन गराउने बढ्दै

136
Shares

इनरुवा, २२ भदौ । सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको संङ्ख्या बढ्दै गएको छ ।

आइपास नेपाल नामक संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । आर्थिक वर्ष २०७४/०७५ मा एक हजार २९३ जनाले सुरक्षित गर्भपतन गराएको आइपास नेपालका मजबुल आलमले जानकारी दिए ।

जिल्लामा चार वर्षको तथ्याङ्कलाई हेर्दा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या क्रमश ः बढ्दै गएको देखिएको छ । आइपासको तथ्याङ्कअनुसार जिल्लामा आव २०७१/०७२ मा २९१, २०७२/०७३ मा ७५६, २०७३/०७४ मा ९३६ र २०७४/०७५ मा एक हजार २९३ जनाले सुरक्षित गर्भपतन गराएका थिए ।

गत आवको साउनमा १०३ , भदौमा ७३, असोजमा ७०, कात्तिकमा ९६ , मङ्सिरमा ८२, पुसमा १३९, माघमा १४८, फागुनमा ८९, चैतमा १९, बैशाखमा ११२, जेठमा १३३ र असारमा १२६ जनाले सुरक्षित गर्भपतन गराएका थिए । महिलामा जनचेतनाको वृद्धि, सुरक्षित गर्भपतन सेवा कार्यक्रमबारे कार्यक्रम सञ्चालन, निःशुल्क गर्भपतन सेवाको शुरुआत, १२ हप्ताभन्दा माथि अवधि तथा औषधिको प्रयोगबाट गरिने सुरक्षित गर्भपतन सेवाको शुरुआत र तालीमलगायतका कारणले सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको जनाइएको छ ।

तथ्याङ्क हेर्दा सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा बढेको देखाएपनि असुरक्षितरुपमा गर्भपतन गराउने बढी रहेको स्थानीयले बताएका छन् । नेपालबाट भारतमा गएर गर्भपतन गराउने र भारतबाट नेपालमा आएर गर्भपतन गराउनेको सङ्ख्या पनि बढी रहेको बताइएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *