सात वटा प्रदेशका स्वास्थ्य निर्देशनालयमा खटिने ११६ जना कर्मचारी यी हुन्

काठमाडौँ, २० भदौ । स्वास्थ्य मन्त्रालयले सात वटा प्रदेशमा स्थापना भएको प्रदेश स्वास्थ्य निर्देशनालयमा कामकाज गर्न भन्दै  ११६ जना कर्मचारी काजमा पठाएको छ ।

मन्त्रालयले प्रदेश नम्बर १ मा १९ जना, प्रदेश नं २ मा १३ जना, प्रदेश नं ३ मा १७ जना, गण्डकी प्रदेशमा १९ जना, प्रदेश नं ५ मा १६ जना, कर्णाली प्रदेशमा ६ मा १५ जना र प्रदेश नं ७ मा १७ जना पठाएको छ ।

मन्त्रालयले यसअघि नै सात वटा प्रदेशका निर्देशनालयका लागि निर्देशक तोकिसकेको छ ।

जस अनुसार प्रदेश नं १ मा भोगेन्द्र डोटेल, २ मा डा प्रमोद यादव, प्रदेश नं ३ मा डा यदुचन्द्र घिमिरे, गण्डकी प्रदेशमा डा तारानाथ पौडेल, प्रदेश न. ५ मा मा विनोद गिरी, कर्णाली प्रदेशमा रिता जोशी र प्रदेश नं ७ मा डा गुणराज अवस्थीलाई तोकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *