अटिजम समस्यामा सहयोग गर्न महानगर तयार

128
Shares

काठमाडौँ, ९ भदौ । प्रत्येक ५९ बालबालिकामध्ये एक जनामा मानसिक समस्या (अटिजम) हुने गरेकाले समयमै ध्यान दिनुपर्नेमा सम्बन्धित क्षेत्रका जानकारले जोड दिएका छन् ।

काठमाडौँ महानगरपालिका र अटिजम केयर सेन्टरले शुक्रबार संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा सेन्टरको अध्यक्ष डा सुनिता मलेकु (अमात्यले) अटिजमको समस्या समाधानका लागि सरकारले समयमा नै ध्यान दिनुपर्ने बताइन । उनले हरेक ५९ जना बालबालिकामध्ये एक जनामा अटिजम हुने गरेको तथ्य प्रस्तुत गरिन ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्यले उक्त समस्या समाधानका लागि कामपाले सिड मनी छुट्याएको भन्दै त्यसबाट आवश्यक सहयोग गर्ने बताए । उनले आफ्नो निकायलाई सोही दिशामा काम गर्न निर्देशन समेत दिए ।
स्वास्थ्यसँग जोडिएको सबै समस्यालाई समाधान गर्न कामपा तयार रहेको भन्दै प्रमुख शाक्यले भने, “बालबालिका देशको खम्बा हुन उनीहरुमा यस किसिमको समस्या बढ्न नदिनु र यस्ता समस्याबाट पीडित भएका बालबालिको लागि सहयोग गर्छु ।”

शिशु जन्मिएपछि उमेरसँगै विकास हुनुपर्ने सामाजिक सीप विकास भएनन् भने त्यो अटिजम हो । उनीहरु दिमागमा भएको कुरा व्यवहारमा ल्याउन सक्दैनन् । त्यसैले यस प्रकारका हरेक एक व्यक्तिलाई एक सहयोगीको आवश्यकता पर्दछ ।

कामपाका जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले अटिजम भएका बालबालिकाको समस्या समयमै सुन्न सकिएन भने भोलि सामाजिकरुपमा ठूलो समस्या आउने भएकाले समयमा नै सोच्नुपर्ने धारणा राखे । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *