ग्याग्दी : मिर्गौला पीडितलाई सहयोग

52
Shares

म्याग्दी, ६ भदौ । मिर्गौलाका बिरामीका लागि आर्थिक सहयोग अभियान थालिएको छ ।

दुवै मृगौलाले काम गर्न नसकेर थलिएका मङ्गला गाउँपालिका–५ नेटाका १९ वर्षीय सुरेश छन्त्यालको उपचारको लागि सहयोग जुटाउन अभियान शुरु गरिएको हो । आर्थिक अवस्था कमजोर भएकाले उपचार गराउन नसकेपछि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सो अभियान थालेको हो ।

बेनीको माउण्ट एभरेष्ट आवासीय माविमा कक्षा १२ मा अध्ययनरत छन्त्यालको काठमाडौँस्थित शिक्षण अस्पतालका चिकित्सक डा कमल लामिछानेको निगरानीमा उपचार भइरहेको छ ।

छन्त्यालकी आमा सीताले आफ्नो छोराको जीवन बचाइदिन अपिल गनिर । उनको उपचारका लागि रु २५ लाखदेखि ३० लाखसम्म आवश्यक पर्ने आमा सीताले बताइन । हालसम्म रु तीन लाख ५० हजार खर्च भइसकेको छ । मङ्गलबार रु ३९ हजार ५०० सहयोग जुटेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *