बुटवल : निःशुल्क औषधि वितरण

124
Shares

बुटवल, ५ भदौ । लुम्बिनी अञ्चल अस्पतालले सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि वितरण गरेको छ ।

सरकारले बिरामीलाई वार्षिक रु एक लाख बराबरको खर्च उपलब्ध गराउने घोषणा गरेपछि सोही अन्तर्गत नै निःशुल्क औषधि वितरण भएको लुम्बिनी अञ्चल अस्पतालका मेडिकल टेक्नोलोजिष्ट प्रवीण शाहले जानकारी दिए।

उनले भने,¬¬ “स्थानीय तहको सिफारिसमा पीडित भएको प्रमाणित भएपछि औषधि उपलब्ध गराएका छांै ।” दाङ, नवलपरासी, बाँके, बर्दिया, कपिलवस्तु जिल्लाबाट सो अस्पतालमा रगत परीक्षण लगायतको सुविधा लिन बिरामी आउछन् ।

थारू समुदायमा देखिने सिकलसेल एनिमियाका बिरामी यस क्षेत्रमा ६ पुगेका छन् । अस्पतालका मेडिकल सुपरिटेडेण्ट डा कृष्ण खनालले बाँकी रहेको औषधि मात्रै वितरण भएको तर पर्याप्त औषधि नआएको बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *